एमसीसीलाई चुनावपछि टुंग्याउन प्रचण्डको प्रस्ताव।

काठमाडौं:= नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले अमेरिकी अनुदान सम्बन्धि सम्झौता एमसिसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सार्नुभएको छ ।आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको बैठकमा प्रचण्डले एमसिसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सार्नुभएको हो ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार चुनाव नजिकिएकोले एमसिसीलाई त्यसपछि टुंग्याउँदा ठिक हुने प्रचण्डको भनाइ थियो ।  तीत दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता अघि बढाउन र त्यसमा सहयोग गर्न एमालेको सहयोग माग गरेका थिए ।

तर, प्रचण्डले भने आगामी वर्षभित्र सबै तहको चुनाव गरिसक्नुपर्ने भएकाले एमसिसीलाई त्यसपछि मात्र टुंग्याउनु उपयुक्त हुने धारणा राखेको पोखरेलले जानकारी दिनु भयो ।एमाले अध्यक्ष ओलीले एमसीसीका विषयमा पहिले सत्ता गठबन्धनबाट समान दृष्टिकोण आउनु पर्ने बताउनु भएको थियो । सत्ता गठबन्धनबीच पनि फरक फरक धारणा आउनु उपयुक्त नभएको उहाँको भनाइ थियो ।