अर्जेन्टिनामा मिसावटयुक्त कोकिन खाँदा १६ जनाको मृत्यु।

व्युनोस आयर्स:= मिसावट भएको कोकिन खादा अर्जेन्टिनामा कम्तीमा १६ जनाको मृत्यु हुुनुका साथै ५० जना बिरामी परेका छन् । अवैध लागूऔषधमा केही विषय मिसाएको हुनसक्ने अनुसन्धानकर्ताले विश्वास गरेका छन् । क्षेत्रीय सुरक्षामन्त्रीले पछिल्लो २४ घण्टाभित्र किनेर ल्याएका कोकिन फाल्न प्रयोगकर्तालाई अहृवान गरेका छन् ।

किनिएको लागू औषध एउटै स्थानबाट किनिएको र त्यहाँ विपन्न वर्ग बस्ने गरेको प्राप्त विवरणमा जनाइएको छ । प्रहरीले विषादीयुक्त कोकिन बेचेको आरोपमा नौजनालाई पक्राउ गरेको छ । पीडितले खाएको कोकिन छापमा मार्ने क्रममा नियन्त्रणमा लिइएको लाग औषधिलाई जाँच गर्न अनुसन्धानकर्ताले पोष्ट मार्टमको नतिजा कुरिरहेका छन् ।