बलिउडको ‘ट्रेन्डिङ जोडी’ विकी र कटरिना भ्यालेन्टाइन- डे मा सँगै नहुने।

एजेन्सी मुम्बई:= बलिउडको ‘ट्रेन्डिङ जोडी’ विकी कौशल र कटरिना कैफले विवाहपछि हरेक उत्सवलाई सँगै मनाउने पूर्ण प्रयास गरिरहनुभएको छ । तर, विवाह पछिको पहिलो भ्यालेन्टाइन भने यो जोडीले सँगै नमनाउने भएका छन् ।

कटरिना आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङका कारण विकीसँग भ्यालेन्टाइन मनाउन नपाउने हुनुभएको हो । अभिनेता सलमान खान र अभिनेत्री कटरिनाको ‘टाइगर ३’ को अन्तिम सुटिङ तालिका जनवरीमा हुनुपर्ने थियो । तर, कोभिड-१९ को बढ्दो संक्रमणका कारण फिल्मको दिल्ली सेड्युल रोक्नु परेको थियो ।

अहिले निर्माताहरूले नयाँ सुटिङ तालिकाको योजना बनाएका छन् । उनीहरूमध्ये फेब्रुवरीमा फिल्मको अन्तिम सेड्युल पूरा गर्ने योजनामा छन् । यो समय तालिका १५ दिनको हुनेछ । जसमा चेज सिक्वेन्समा फोकस गरिनेछ ।

निर्देशक मनिष शर्मा फिल्मको केही एक्सन दृश्य नयाँ दिल्लीको सडकमा खिच्न चाहनु हुन्छ । फिल्म नयाँ दिल्लीको ऐतिहासिक स्थानमा खिचिनेछ, जसमा लाल किल्ला पनि पर्दछ । प्रोडक्सन टिमले कोभिड प्रोटोकललाई पूर्णरूपमा पालना गर्ने तयारीमा छ । सलमान र कटरिना १२ फेब्रुवरीसम्ममा नयाँदिल्लीमा पुग्ने बताइएको छ । १४ फेब्रुवरीबाट फिल्मको काम सुरु हुनेछ ।