आइसिसी यू-१९ विश्वकपमा युएईद्वारा वेस्ट इन्डिज पराजित।

दुबई:= युनाइटेड अरब इमिरेट्स (युएई) ले आइसिसी यू-१९ विश्वकपमा आयोजक वेस्ट इन्डिजमाथि ८२ रनको सानदार जित हात पारेको छ । २२५ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रनमा समेटिएको थियो । वेस्ट इन्डिजका नाथन एडवार्ड्स ६५ बलमा ५ चौकासहित सर्वाधिक ५१ रनमा अविजित रहनुभयो । यस्तै केभिन विक्रम २२ र इसी थोरेनले १७ रन बनाउनुभयो ।

युएईका स्पिनर परासरले ९ ओभरमा २ मेडनसहित ३० रन खर्चेर चार विकेट लिनुभयो । अर्का स्पिनर जश ज्ञानानीले १० ओभरमा ३ मेडनसहित २१ रन खर्चेर शीर्षक्रमका तीन विकेट लिनुभएको थियो । त्यसअघि टस जितेर ब्याटिङ थालेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २२४ रन बनायो ।

युएईका मध्यक्रमका ब्याटर अफजल खानले १२१ बलमा ११ चौकासहित ९३ रनको इनिङ्स खेल्नुभयो । शिवल बावाले ५८ बलमा ५ चौका र २ छक्कासहित ५१ रनको इनिङ खेल्नुभयो ।वेस्ट इन्डिजका शिव शंकरले ९ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिनुभयो । नाथन एडवार्ड्स र नाथन नान्डुले २–२ विकेट लिनुभएको थियो ।