मुम्बई:= बलिउड अभिनेता सञ्जय दत्त र सुनील शेट्टीसँग ११ वर्षअघि ‘नो प्रोब्लम’ चलचित्रमा सँगै काम गर्नुभएको थियो । त्यसपछि अहिलेसम्म एकैचलचित्रमा उहाँहरूले काम गर्नुभएको थिएन । अहिले आएर यी दुई कलाकारले समीर कार्णिकको निर्देशन रहने नयाँ चलचित्रमा सँगै काम गर्ने हुनुभएको छ ।
सञ्जय र सुनीलको अभिनय रहने भनिएको चलचित्र ‘यमला पगला दिवाना’ हो । चलचित्रमा इशा गुप्ता, जायद खान, सौरभ शुक्ला र जावेद जाफरीको अभिनय रहनेछ । चलचित्रको छायांकन उत्तर भारतमा गरिनेछ । समाचार अनुसार चलचित्रमा सञ्जय कलाकारसँगै निर्माता पनि रहनुहुनेछ । हाल चलचित्रको प्री-प्रोडक्सनको काम जारी छ र यही गर्मी सिजनमा चलचित्र फ्लोरमा जानेछ । चलचित्र पञ्जावमा सुटिङ गरिने भनिए पनि हालका लागि सुटिङ लोकेसन लक गरिएको छैन ।
सञ्जय र सुनील ‘रुद्राक्ष’, ‘रक्त’, ‘कांटे’, ‘शुटआउट एट लोखण्डवाला’, ‘अनर्थ’ जस्ता चलचित्र देखिइसक्नु भएको छ । सञ्जय चलचित्र ‘पृथ्वीराज’, ‘केजिएफ २’ जस्ता चलचित्रमा देखिँदै हुनुहुन्छ । सुनील अघिल्लो वर्ष चलचित्र ‘मुम्बई सागा’मा देखिनु भएको थियो । उहाँ सन् २०२२ मा तमिल हिन्दी चलचित्र ‘घनी’ मा देखिँदै हुनुहुन्छ ।




















