खेलाडीले हृदयबाटै खेलेको कारण जित निकाल्न सफल: मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी।

काठमाडौं := नेपालले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी देश मरिससविरुद्ध जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले पाहुना टोली मरिससविरुद्ध १-० को जित निकालेको हो ।

खेलपछि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीले हृदयबाटै खेलेको कारण जित निकाल्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

‘खेलाडीले हृदयदेखि नै खेले। उनीहरुले केही विशेष देखाए । हामीले शारीरिक रुपमा बलियो टिमसँग खेलिरहेका थियौं ।  एसिया कपको लागि हाम्रीले राम्रो तयारी गर्यौं । आजको जित हामीलाई फाइदाजनक भयो ।’ अलमुताइरीले भने ।

उनले मैत्रीपूर्ण खेल महत्वपूर्ण भएपनि लक्ष्य एसिया कप र विश्वकप छनोट रहेको बताए । अलमुताइरीले नेपाली फ्यानले धेरै साथ दिएको भन्दै प्रशंसासमेत गरे ।