साउदीमा काम गर्न गएका गोरखाका एक युवक ८ वर्ष देखि बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह।

[ बिबश रसाइली ] 

साउदी अरेबिया:= वैदेशिक रोजगारीको सिलसिलामा साउदी काम गर्न गएका गोरखाका एक युवक विगत आठ वर्षदेखि साउदीमा बेपत्ता भएका छ्न। गोरखा नगरपालिका वडा नम्बर. ४ फिनाम बस्ने आबिद मिया नाम गरेको युवक आठ वर्ष देखि बेपत्ता भएपछि युवकका घर परिवार चिन्तित भएका छ्न।

नेपालमा रोजगारिको बाटो नभएपछि वैदेशिक रोजगारको लागि साउदी अरब पुगेको थियोे । पाँच वर्षसम्म घर परिवारसंग फोनमा कुराकानी हुने र पैसा पठाउने गर्थें र अहिले तीन वर्ष भैइसके अत्तोपत्तो नभएको युवकका बुवाले पिटिअन्लाईन लाई जानकारी दिनुभएको छ।

आर्थिक अवस्थामा सुधार ल्याउन आमा बुबा र श्रीमतिको भविष्य अज्ज्वल पार्ने सपना बुन्दै श्रीमान लाई बिदेश पठाएकी  श्रीमति श्रीमान पाँच बर्ष सम्म घर नआएपछि अर्कै विवाह गरेकि हुन ।

बेपत्ता युवक २०७० सालमा रोजगारी लागि साउदी रियाद नौफा वाटर कम्पनीमा आएका थिए ।अहिले सम्म कहिकतै बाट सम्पर्कमा नआएपछि युवकका बुवाले नेपाली राजदूतावास तथा साउदीमा रहेका संघसंस्थालाइ खोजी कार्य गरिदिनुहुन आग्रह समेत गरेका छ्न्।