मुम्बई:= सुपरस्टार रचनीकान्तकी छोरी ऐश्वर्या र ज्वाइँ साउथ सुपरस्टार धनुषले विवाहको १८ वर्षपछि वैवाहिक सम्बन्धमा पूर्णविराम लगाउने निर्णय गर्नुभयो । यो जोडीको यस्तो घोषणाले उहाँहरूका प्रशंसक अनि स्वयं बुबा रजनीकान्त असन्तुष्ट हुनुहुन्छ ।
रजनीकान्त आफ्नी छोरी र ज्वाइँको सम्बन्ध विच्छेद भएको हेर्न चाहानुहुन्न । त्यसैले रजनीकान्त छोरी ज्वाइँको पुनर्मिलन गराउन लागि पर्नुभएको छ । रिर्पोटका अनुसार रजनीकान्तको यो प्रयास पहिलो भने होइन । यसअघि उहाँले धेरै पटक यो प्रयास गरिसक्नुभएको छ ।
पहिला पनि छोरी र ज्वाइँबीच सम्बन्धमा चिसोपन आउँदा रजनीकान्तले नै उहाँहरूको पुनर्मिलन गर्ने गर्नुहुन्थ्यो । दुई नातीहरूका भविष्यका लागि पनि रजनीकान्त छोरी र ज्वाइँको सम्बन्ध टुट्न दिन चाहानुहुन्न । धनुष र ऐश्वर्याले १७ जनवरी मा सामाजिक सञ्जालमा एउटा पोष्ट शेयर गर्दै १८ वर्ष भइसकेको आफ्नौ वैवाहिक सम्बन्धमा पूर्ण विराम लगाउने घोषणा गर्नुभएको थियो ।




















