क्रिप्टोकरेन्सीको कारोबार अवैध : नेपाल बैंकर्स संघ।

काठमाडौं:= नेपाल बैंकर्स संघले नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा क्रिप्टो/भर्चुअल करेन्सीको कारोबार गैरकानुनी भन्दै त्यस्तो कारोबारमा संलग्न भएको पाइएमा कारबाही हुने जनाएको छ।

संघले बुधबार विज्ञप्ति जारी गर्दै क्रिप्टो/भर्चुअल तथा नेटवर्क मार्केटिङलगायतका गैरकानुनी वित्तीय औजारमा आबद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन सचेत गराएको छ ।

साथै त्यस्तो कारोबारमा संलग्न नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेतलाई प्रचलित कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।