सेयर बजारमा १०.८३ अंकको गिरावट।

काठमाडौं:= साताको पहिलो दिन आइतबार सेयर बजार १०.८३ अंकले घटेर २९२०.५१ अंकमा झरेको छ । ठूला कम्पनीको कारोबार सूचक मापक सेन्सेटिभ इन्डेक्स भने ०.०६ अंकले बढेर ५४३.८० अंकमा पुगेको छ । कुल बजार पुँजीकरण घटेर ४१ खर्ब २७ अर्ब २३ करोड पुगेको छ । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये पाँचवटा बढेको छ भने आठवटाको घटेको छ । अन्य र जीवन बिमा एक प्रतिशत बढीले बढ्दा फाइनान्स, होटल, व्यापार, विकास बैंक, जलविद्युत् र लगानी सूचक एक प्रतिशत बढीले घटेका छन् ।

यस दिन दुई सय ३२ कम्पनीका एक करोड ४७ लाख चार हजार दुई सय ७७ कित्ता सेयर सात अर्ब तीन करोड पाँच लाख आठ हजार दुई सय ६३ रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकमको सबैभन्दा धेरै ३२ करोड १४ लाख ५३ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने अपि पावर १९.०१ करोड, एनआइसी एसिया बैंक १७.५२ करोड, शिखर इन्स्योरेन्स १७.४७ करोडको कारोबार भएको छ । विन लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशत, मैलुङ खोला जलविद्युत्को ९.७३ प्रतिशतले बढेको छ । ग्लोबल आइएमई बैंक ६.७४, ज्योति लाइफ इन्स्योरेन्स ६.६९, सानिमा लाइफ इन्स्योरेन्स ६.४५, लाइफ इन्स्योरेन्स ५.६८, रिलायन्स लाइफ इन्स्योरेन्स ४.२५, एनआइसी एसिया लघुवित्त ४.०३ र नेपाल टेलिकको सेयरमूल्य ३.८४ प्रतिशतले बढेको छ । तर, सामलिङ पावरको सबैभन्दा धेरै ६.६९, गोर्खाज फाइनान्स ५.५२, बेस्ट फाइनान्स ४.२६, प्रभु बैंक ४.११ र सांग्रिला डेभलपमेन्ट डिबेञ्चरको मूल्य ३.८९ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।