एजेन्सी इस्लामावाद:= कोरोना भाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । कोरोना भाइरसबाट संक्रमित भएकामध्ये एक हजारभन्दा बढी बिरामी अहिले पनि आइसीयुमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ छ ।
महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरीका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । ‘सबै प्रकारका शैक्षिक संस्था एक हप्ता बन्द गराउने निर्णय भएको छ’, सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
पछिल्लो समय पाकिस्तानमा कोरोनाका कारण १२ को मृत्यु भएको छ । कोरोनाका कारण पाकिस्तानमा पछिल्लो समयसम्म २९ हजार ७७ को मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । सोही अवधिमा देशभर १३ लाख ६० हजार १९ संक्रमित भएका छन् ।
तीमध्ये ६ हजार ५४० पछिल्लो समय थपिएका नयाँ संक्रमित थपिएका हुन् । महामारीको प्रभाव सबैभन्दा धेरै दक्षिणी सिन्ध प्रान्तमा परेको छ । पाकिस्तानमा अहिले कोरोनाभाइरसको पाँचौं चरणको महामारी सुरु भएको सरकारी अधिकारीले घोषणा गरेका छन् ।




















