काठमाडौं:= साताभर ३५ अर्ब ६५ करोड २७ लाख ४३ हजार बराबरका छ करोड ९२ लाख ९८ हजार पाँच सय ७२ कित्ता सेयर कारोबार भएका छन् । गत साताभन्दा १४ अर्ब ३७ करोड ४० लाख ३१ हजार बराबरका दुई करोड ७९ लाख २६ हजार १६ कित्ता बढी सेयर कारोबार भएको हो । गत साता २१ अर्ब २७ करोड ८७ लाख १२ हजार बराबरका चार करोड १३ लाख ७२ हजार पाँच ५६ कित्ता सेयर कारोबार भएका थिए ।
साताभर सेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १६५.२८ अंकले बढेर २८५७.७५ अंकमा पुगेर रोकिएको थियो भने पछिल्लो साता भने नेप्से उकालो लागेको थियो ।
साताको पाँच दिनको कारोबारमा नेप्से ७३.५९ अंकले बढेर २९३१.५९ अंकमा पुगेर रोकिएको थियो । साताको पहिलो दिन आइतबार नेप्से उच्च अंक अर्थात् ६९ अंकले बढेर २९२६.७४ अंकमा पुगेको थियो । आइतबार कारोबारमा आएका दुई सय २९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार कित्ता सेयर नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
दोस्रो कारोबारको दिन सोमबार नेप्से २०.६४ अंक बढेर २९४७.३८ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ३.७० अंक बढेको थियो भने फ्लोट इन्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक बढेको थियो । सो दिन कारोबारमा आएका दुई सय २४ कम्पनीको एक करोड ४४ लाख ७४ हजार कित्ता सेयर सात अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
तर, मंगलबार भने १०.७८ अंकले घटेर २९३६.६६ अंकमा झरेको थियो । तथापि सेन्सेटिभ इण्डेक्स १.१० अंकले बढेको थियो । सो दिन कारोबारमा आएका दुई सय २४ कम्पनीको एक करोड ६० लाख चार हजार पाँच सय ३० कित्ता सेयर आठ अर्ब ४४ करोड ३४ लाख १९ हजार पाँच सय ६१ रुपैयाँमा कारोबार भएको थियो । बुधबार पनि नेप्से ३८.३५ अंकले घटेर २.८९८.३१ अंकमा झरेको थियो भने सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको थियो । सो दिन कारोबारमा आएका दुई सय २८ कम्पनीको एक करोड १८ लाख ३७ हजार दुई सय १५ कित्ता सेयर छ अर्ब दुई करोड १३ लाख ११ हजार आठ सय ८१ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तिम कारोबार बिहीबार नेप्से ३३ अंकले बढेर २९३१.३४ अंकमा पुगेको थियो भने सेन्सेटिभ इन्डेक्स ४.०९ अंक, फ्लोट इन्डेक्स २.३२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४१ अंकले बढेको थियो । सो दिन कारोबारमा आएका दुई सय २९ कम्पनी एक करोड ५९ लाख ८९ हजार कित्ता सेयर पाँच अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँमा कारोबार भएको थियो । गत साता दुई खर्ब छ अर्ब ७८ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पत्ति यो साता एक खर्ब पाँच अर्ब ४१ करोड रुपैयाँले बढेको छ । गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पुँजीकरण कुल ४० खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।



















