अनुपको ‘पञ्चेबाजा बजाउँदै’ मा सुधीर र करिश्मा।

काठमाडौँ:= गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत ‘पञ्चेबाजा बजाउँदै’को भिडियो सार्वजनिक गरिएको छ । विगत दुई दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय गायक रेग्मीको सार्वजनिक गीतमा गीतकार तथा संगीतकार येदिन गजमेरको शब्द तथा संगीत सिर्जना रहेको छ ।

भिडियोमा मोडलद्वय सुधीर श्रेष्ठ र करिश्मा ढकालको अभिनय रहेको छ । ‘पञ्चेबाजा’को भिडियोमा सुधीर र करिश्मालाई गज्जबसँग खुलेको देख्न सकिन्छ । काठमाडौंको कोकर्ण नगरपालिकाको उत्तरबाहिनी मन्दिरमा छायांकन गरिएको भिडियोको निर्देशन पनि गायक रेग्मीले नै गर्नुभएको हो ।

पुष्कर सुनुवारको एरेन्ज रहेको गीतको भिडियोमा केशवराज भट्टको कोरियोग्राफी रहेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालले गर्नुभएको छ । जुनी गजमेरले निर्माण गरेको भिडियो रिदिन इन्टरटेनमेन्टमार्फत बजारमा ल्याइएको हो ।