अर्जेन्टिना:= विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि फरवार्ड लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा भएको छ । प्रशिक्षक लियोनल स्कोलानीले कोभिड–१९ संक्रमणमबाट निको भएर फर्किए पनि मेस्सी पछिल्लो एक महिनादेखि मैदानबाहिर रहेकाले टोलीमा समावेश नगरिएको बताउनुभएको छ ।
पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेस्सी पछिल्लो एक महिनापछि बुधबारमात्रै मैदान फर्किनुभएको छ । मेस्सीले पछिल्लोपटक २२ डिसेम्बरमा लिग वानमा लोरियन्टविरुद्ध खेल्नुभएको थियो । मेस्सी टिमबाहिर रहँदा पाउलो डिबलाले टोलीमा पुनरागमन गर्नुभएको छ ।
यस्तै सन्न्यास लिनुभएका सर्जियो अग्वुइरो बाहिर रहँदा लौटारो मार्टिनेजले टोलीमा निरन्तरता पाउनुभएको छ। ब्राजिलसँगै अर्जेन्टिनाले दक्षिण अमेरिकाबाट कतार विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गरिसकेको छ । अर्जेन्टिनाले विश्वकपअन्तर्गत बिहीबार चिलीको भ्रमण गर्नेछ भने त्यसको पाँच दिनपछि कोलम्बियामा आतिथ्यता गर्नेछ ।




















