विश्वकप छनोटका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा।

काठमाडौं:= आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट १६ सदस्सीय टोली छनोट गर्नु भएको हो ।

युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुदैछ । छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्याण्ड र जर्मनी रहेका छन् । यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान)

कुशल भुर्तेल

आशिफ शेख

दीपेन्द्रसिंह ऐरी

ज्ञानेन्द्र मल्ल

शरद भेषावकर

आरिफ शेख

करण केसी

जितेन्द्र मुखिया

अविनाश बोहरा

शाहब आलम

कुशल मल्ल

कमलसिंह ऐरी

विवेक यादव

प्रदीप ऐरी

लोकेश बम