हिमालय अन्तर्राष्ट्रिय अवार्ड सम्पन्न, गुरुदेव कामदलाई दीर्घ साधना सम्मान।

काठमाडौं:= विमेन्स एरा मिडिया ग्रुप प्रालि नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको बानेश्वर स्थिति एभरेष्ट होटलमा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा अवार्ड सम्पन्न भएको हो ।

अवार्ड समारोहमा वरिष्ठ शात्रीय संगीतकार तथा गायक गुरुदेव कामदलाई दीर्घ साधना सम्मान गरिएको थियो भने नेपाली कांग्रेसकी सबैभन्दा कान्छी केन्द्रीय सदस्य तथा लोकगायिका विद्या तिम्लिसनालाई सम्मान गरिएको थियो । समारोहमा रंग पत्रकारिता सम्मानबाट पत्रकारत्रय तुलसी गिरी, लक्ष्मण सुवेदी र विष्णु सुवेदीलाई सम्मान गरिएको थियो ।

यस्तै युवा उद्यमी ऋषिराम कँडेल, युवा व्यवसायी विकास श्रेष्ठ, पर्यटन व्यवसायी रामप्रसाद श्रेष्ठ, महिला उद्यमी कल्पना थापा, सामाजिक अभियन्ता राजन थापा, वरिष्ठ चलचित्रकर्मी विनोद सेरेङ, प्रेरक वक्ता अर्पण शर्मा, सामाजिक अभियन्ता विकासकुमार दास, नृत्य निर्देशक नारायण रिजाल, छायांकार तथा सम्पादक वीरेन्द्र भाट ‘विपिन’, ध्वनि सम्पादक मनोज परियार, भिडियो निर्देशक कुमार आचार्य र गायक सुरज पौडेललाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथी मन्त्री रेग्मीले सम्मान गर्नुभएको थियो ।

यस्तै अवार्डका जुरी वरिष्ठ संगीतकार राजु सिंह र लोक सर्जक इन्द्र जिसीलाई मायाको चिनो प्रदान गरिएको थियो । अवार्ड समारोहमा नृत्य प्रस्तुत गर्ने कलाकार शोभा भण्डारी र बेदबहादुर बुढोथीकोलाई कदर पत्र प्रदान गरिएको थियो ।

विभिन्न स्रष्टा सर्जकलाई अवार्ड प्रदान तथा आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्नु आफैंमा एकदम राम्रो कार्य भएको प्रमुख अतिथि मन्त्री रेग्मीले बताउनुभयो ।

स्रष्टा सर्जकलाई सम्मान गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरेको अवार्ड यस वर्ष पनि निरन्तरता दिएको अवार्डका अध्यक्ष गणेश सुवेदीले बताउनुभयो । यसपालिको अवार्डमा साहित्यलाई पनि समावेश गरिएको अवार्ड संयोजक गीता अधिकारीले बताउनुभयो ।

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्ड समारोहमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र बाल गीतका साथै साहित्य विद्यामा पनि अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट पाँचबाट सर्वोत्कृष्ट छनोट भएका स्रष्टा सर्जकलाई विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूले अवार्ड प्रदान गर्नुभएको थियो ।

सञ्चारकर्मी दीपज्योति थापाले सहजीकरण गरेको अवार्ड समारोहमा विमेन्स एराकी अध्यक्ष प्रतिमा राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो । अवार्ड समारोहमा वर्ष गीतकारको अवार्ड विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्ययलाई प्रदान गरिएको थियो भने साहित्यतर्फ ‘माइत जाने बाटो’ कविता संग्र्रबाट सुनिता गिरीलाई र ‘प्रतिघात’ उपन्यासबाट स्रटा रोशन पोखरेललाई अवार्ड प्रदान गरिएको थियो ।

यस्तै राष्ट्रिय गीत गायनमा ‘तिमी हिँडे बाटो बन्छ’बाट शिशिर योगी, रचनामा ‘स्वदेशमै रोजगारी स्वदेशमै बास’ केपी शर्मा ओली, रचना पपुलरमा ‘नझुकुन हाम्रा शिरहरू’बाट उत्तम केसी र संगीतरकामा ‘स्वदेशमै रोजगारी स्वेदश मै बास’बाट शान्तिराम राईलाई अवार्ड प्रदान गरिएको थियो ।

यस्तै बालगीत गायनमा ‘म हुँ नेपाली’बाट सफलता श्रेष्ठले अवार्ड चुम्न सफल हुनुभएको थियो । त्यस्तै पपगीत गायनमा ‘बोल्दैन माटो’बाट डेबिट शंकर, ‘कान्छि आइलभयु’बाट तारावीर पाण्डेले जुरीतर्फ र ‘मन पराउछु’बाट नन्द गुरुङले इनकरेजमेन्ट अवार्ड हात पार्न सफल हुनुभएको थियो ।

यस्तै आधुनिक गीततर्फ ‘पार्‍यो माया जालैमा’बाट मञ्जु थापा, ‘घुर घुर’बाट युवराज चौलागाईं र ‘मायाको खेल’बाट मोहन राईले पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नु भएको थियो । यसैगरी आधुनिक गीत संगीतकारमा ‘कस्तुरी’बाट प्रल्हाद बोगटी, गीतकारमा ‘कति माया गर्छांै’बाट अम्बिका गुरुङ र ‘पैशा कै लागि’ पुरुषोत्तम बस्नेतले जुरी अवार्ड प्राप्त गर्नुभएको थियो ।

यस्तै आधुनिक गीत युगल गायनमा ‘कस्तुरी’बाट सुमन केसी र प्रविशा अधिकारी, संगीत संयोजनमा ‘घुरघुर’बाट रिकेश गुरुङले अवार्ड चुम्नु भएको थियो । त्यस्तै आधुनिक गीत मोडल पुरुषमा ‘पा¥यो माया जालैमा’बाट पुष्प खडका, मोडल महिलामा ‘कस्तुरी’बाट सुशीला थापा, नृत्य निर्देशकमा, ‘पार्‍यो माया जालैमा’बाट सुरेन्द्र बसेल र ‘पूर्वदेखि पश्चिमसम्म’बाट कृष्ण रसालले पपुलर अवार्डको उपाधि उचाल्नु भएको थियो ।

यस्तै आधुनिक गीत निर्देशकमा ‘कति माया गर्छौ’बाट शान थापा, सम्पादनमा ‘टारी खेत’बाट राजेश कुमार, छायांकनमा ‘पानी बादलु’बाट अर्जुन तिवारीले अवार्ड प्राप्त गर्नुभएको थियो। यसैगरी आधुनिक गीत नव गायकमा ‘गल्ती के भो ?’ बाट मनोज केसी, ‘घुम्तीमा रेल’बाट नवराज कलौनीले इन्करेजमेन्ट, नवगायिकामा ‘चाहन्थे म तिमीलाई’बाट सब्बु केसी र ‘नेपालकै नमुना’बाट टीका भण्डारी नेपालले जुरी अवार्ड प्राप्त गर्नुभयो ।

यस्तै लोकआधुनिक गायनमा ‘डाँडाघरे साइली’बाट स्वरूपराज आचार्य र लक्ष्मी मल्ल, ‘बुट्टेचोली’बाटसुमन राई, शब्दमा ‘बुट्टेचोली’बाट रामशोभा राई, संगीतमा ‘घिन्ताङ घिन्ताङ मादलु’बाट योगेश काजीले अवार्ड चुम्नु भयो। त्यस्तै लोकदोहोरी शब्दमा ‘पानी पाएपछि’बाट सामना शाह, लयमा ‘फुर्के रिवन’बाट ध्रुुव विश्को, लय जुरीमा ‘चस्मा’बाट सुरेश शाही गायकमा मैनाबाट ‘रामचन्द्र चन्द, गायिकामा ‘घैयामकै’बाट काव्य आचार्य, मोडल पुरुषमा ‘लायौ मोहनी’बाट रमेशचन्द सोडारी, मोडल महिलामा ‘लुम्ले काडैमा’बाट अनु पराजुली, निर्देशकमा ‘झुम्का झलक्कै’बाट गम्भीर विष्ट, छायांकनमा ‘मैना’बाट महेश महराले जुरी अवार्ड र सम्पादनमा ‘दोहोरीको राजा’बाट निशान घिमिरेले अवार्ड उचाल्नु भएको थियो ।

यस्तै लोकदोहोरी नवगायकमा ‘नौतुनाको रेल’बाट रेशम निर्दोषले नवगायिकामा ‘लुकी लुकी’बाट कञ्चन परियारले नवमोडल महिलामा ‘लाजले छोपेको’बाट जिसु कोइरालाले पुरुषमा ‘अब बाँकी’बाट अर्जुन कुँवरले अवार्ड उचाल्न सफल हुुनुभएको थियो ।