इण्डियन आइडलका विजेता पवनदीपको कार्यक्रम स्थगित।

काठमाडौं:= नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै सरकारले गरेको निर्णयका कारण विभिन्न कार्यक्रम स्थगित भइरहेका छन् । यसैबीच इण्डियन आइडल २०२१ विजेता पवनदीप राजनको काठमाडौंमा तय भएको कार्यक्रम पनि स्थगित बनेको छ ।

उहाँको पुस ३० मा हायात रिजेन्सी र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) को कार्यक्रम स्थगित भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो सूचनाअनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नदिने निर्णय गरेको छ ।