‘मिसेस वल्र्ड’मा सहभागी हुन क्लाइभलाई अमेरिकी सरकारले दिएन भिसा।

एजेन्सी:= आगामी जनवरी १५ मा अमेरिकामा सम्पन्न हुन गइरहेको मिसेस वल्र्डका लागि बेलायतको प्रतिनिधित्व गर्दैँ जान लाग्नुभएकी लिन क्लाइभलाई अमेरिकी सरकारले भिसा दिन अस्वीकार गरेको छ ।

२९ वर्षीया लिनले मिसेस वल्र्डको फिनालेमा बेलायतको प्रतिनिधित्व गर्दै आवेदन भर्नुभएको थियो । तर, उहाँलाई सिरियामा जन्मेकाले अमेरिकाले भिसा दिन नमानेको हो । जसकारण यो प्रतिस्पर्धा नै विवादित हुनपुगेको छ ।

सन् २०१३ मा बेलायत आएपछि उहाँले अंग्रेजी भाषा बोल्न सिक्नुभएको थियो । साथै, महिला समानता र शरणार्थीहरूका लागि अभियानसमेत चलाउनुभएको थियो । तर, भिसाकै कारण बेलायत सरकारले उहाँलाई अमेरिकामा पठाउन सक्दैन ।

उहाँले भन्नुभएको छ, ‘मैले बेलायती राहदानीले नै आवेदन दिएँ । मैले प्रतिस्पर्धामा बेलायती नागरिक भएर प्रतिनिधित्व गर्दै थिएँ । म बेलायती नागरिक हुँ । जसकारण अमेरिकाले प्रतिबन्ध लगाउँला भनेर सोचेको थिएन ।’ लिनले ‘कमन सेन्स’ प्रयोग गरेर भए पनि आफूलाई प्रतियोगितामा सहभागी गराउनुपर्ने भन्दै अमेरिकी दूतावासलाई भिसा दिन अपिल गर्नुभएको छ ।

‘भिसा रेकर्डहरू अमेरिकी कानुनअन्तर्गत गोप्य छन् । जसकारण हामी व्यक्तिगत भिसा मुद्दाहरूको बारेमा छलफल गर्न सक्दैनौं,’ अमेरिकी दूतावासको एक विज्ञप्तिमा उल्लेख छ ।