पल शाह र कविता राय अभिनित थारू भाषाको गीत ‘ओ सजन २’ सार्वजनिक।

काठमाडौं := थारू भाषाको गीत ‘ओ सजन २’ सार्वजनिक गरिएको छ । तीन महिनाअघि सार्वजनिक ओ सजन गीतको सफलतापछि दोस्रो सिक्वेलको रूपमा सार्वजनिक गरिएको हो। सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले गीतको भिडियो प्रिमियरसँगै भिडियोका कलाकारसँग अन्तक्र्रिया गराएको थियो।

नरेश जोगी र अन्नु चौधरीको स्वर रहेको यस गीतमा नरेशले नै शब्द तथा संगीत भर्नुभएको छ । थारू भाषाको गीतलाई पनि दर्शक श्रोताले निकै रुचाउने भएकाले एकपछि दोस्रो सिक्वेल पनि निर्माण गरेको गायक नरेशले बताउनुभयो । यस्तै भिडियोमा नायक पल शाह र कविता रायको अभिनय छ । पहिलो भिडियोमा यी दुवै कलाकारले अभिनय गर्नुभएको थियो।

नायक पलले थारू गीतमा पनि आफूलाई सम्पूर्ण दर्शकले उत्तिकै माया गरिदिएकोमा धन्यवाद दिनुभयो । साथै उहाँले यसगीतले थारू संस्कृति झल्काउने पनि बताउनुभयो । कलाकार कविताले पनि पलसँग अभिनय गर्न पाउँदाको खुशीको क्षणलाई सम्झिनुभयो।