७ अर्बभन्दा बढीको सेयर कारोबार।

काठमाडौं:= गत सातादेखि बढ्दोक्रममा रहेको सेयर बजारमा आइतबार पनि ७३.०१ अंकले बढेको छे । यस दिन दुई सय ३९ कम्पनीका एक करोड ५० लाख ५८ हजार छ सय २१ कित्ता सेयर सात अर्ब १० करोड १८ लाख ३१ हजार पाँच सय ९१ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । सबैभन्दा बढी निर्जीवन बिमाको ३७९.७७ अंकले बढेको छ भने विभिन्न नौ  कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल हाइड्रो र हिमालय ऊर्जाको सेयर मूल्य १०-१० प्रतिशतले बढेको छ । युनियन हाइड्रो, मध्य भोटेकोशी, न्यादी, प्रोग्रेसिभ फाइनान्स, आइसिएफसी फाइनान्स, एचआइडिसिएल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि नौ प्रतिशतभन्दा धेरै बढेको छ ।

अपि पावर कम्पनीको २९ करोड २२ हजार दुई सय रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने उच्च कारोबार हुने १० कम्पनीमा प्रभु बैंक, अपर तामाकोशी, शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रो, नेसनल हाइड्रो, एचआइडिसिएल, गुराँस फाइनान्स, नबिल बैंक र एनआइसी एसिया बैंक रहेका छन् ।