काठमाडौं:= कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले भोलिदेखि नै लागू हुनेगरि विद्यालय बन्दको निर्णय गरेको हो ।
यसैगरी सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । यसैगरी राजनीतिक दलहरूलाई ठूला भेला-कार्यक्रम नगर्न र विभिन्न संघ-संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ।




















