श्रमिकका समस्या समाधानका प्रतिबद्धता सहित जनसम्पर्क समिति मलेसियाको बैठक सम्पन्न।

लामो समय देखि (Covid-19) का कारण अनलाईन भर्चुअल बैठक बस्दै समय समयमा श्रमिक सचेतना कार्यक्रम गर्दै आइरहेको जनसम्पर्क समिति मलेसियाले आफ्ना कार्यकर्ता बिच भौतिक भेटाघाटा गरि नियमित बैठक सप्पन्न गरेको छ

२०२२ जनवरी ९, तारिखको दिन नेपाली जनसम्पर्क समिति मलेसियाको आफ्नै कार्यलयमा समितिको नियमित बैठक नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोला कान्त पंगेनी को अध्यक्षतामा बसेको बैठकमा समितिका उपाध्यक्ष ,कमल प्रसाद गौतम, उपाध्यक्ष, टेक बहादुर टमाटा, महामन्त्री, हरि कोइराला ,सह-कोषाध्यक्ष , लाल बहादुर खड्का , नेपाली जनसम्पर्क समिति मलेसियाका केन्द्रीय सदस्य एवम् प्रदेश १, का प्रदेश प्रमुख दिपक तामाङ , नेपाली जनसम्पर्क समिति मलेसियाका केन्द्रीय सदस्य एवम् प्रवक्ता, यज्ञ कुमार राई , त्यसैगरी सदस्यहरु श्री, कुमार ओझा, तेज कुमार राई , राजकुमार कटवाल , राज लामा , सुमन बुढा क्षेत्री र सल्लाहकार , रामकुमार चाम्लिङ राई राईको उपस्थितिमा बैठक सम्पन्न गरेको छ।

(Covid-19) को कारणले मलेसिया सरकार ले लगाएको लकडाउन केही खकुलो भए लगत्तै भरखरै सम्पन्न नेपाली कांग्रेस पार्टीको १४, औं महाधिवेशन पश्चात् कसरी हरेक श्रमिक सम्म जनसम्पर्क समिति मलेसिया लाई लैजाने ? श्रमजीवी साथीहरूका समस्या छिटो छरितो तरिकाले सम्बोधन गर्न भोलिका दिनमा जनसम्पर्क समितिले खेल्नुपर्ने भुमिका बिसयमा छलफल भएको थियो ।

स्थापनाकाल देखि नै मलेसियामा ब्याप्त समस्या समाधान र श्रमिकहरुले झेल्दै आइरहेका समस्या लाई संबंधित निकाय सम्म लैजान अग्रणी भुमिकामा रहेको नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेसियाले भैपरि आएका श्रमिकहरुको उद्वार तथा सहयोग गर्दै आइरहेको अझै आफू र आफ्नो टिम जनसम्पर्क समिति मलेसिया लाइ हरेक श्रमिक माझ पुर्याउने योजना सहित नयाँ कार्यक्रम लिएर आउने जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोला कान्त पंगेनीले जानकारी दिनुभयो ।