सनराइजको ‘सम्पूर्ण बचत खाता’

काठमाडौं:= सनराइज बैंकले ‘सम्पूर्ण बचत खाता’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । न्यूनतम मौज्दात २५ हजार रुपैयाँ रहेको उक्त बचत खातामा ग्राहकले ७.०५ प्रतिशत व्याज पाउनेछन् र पाँच वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ र भिसा डेबिट कार्ड उपलब्ध गराउने भएको छ ।

साथै एक वर्षका लागि डिम्याट खाता र मेरो सेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटसमेत प्राप्त गर्न सक्ने बताइएको छ । उक्त बचत खातामा ग्राहकले ८० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्मको ओपिडी खर्च बिमाका साथै पाँच लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधा पाउनेछन् । अस्पताल भर्ना बिमा वर्षमा तीनपटकसम्म दाबी गर्न सकिने र भारतका अस्पतालमा उपचार गराउँदा यस्तो दाबी गर्न सकिने बैंकले जनाएको छ ।