सेयर बजारमा ६३ अंकको वृद्धि।

काठमाडौं:= पछिल्लो समय बढ्दोक्रममा रहेको सेयर बजार मंगलबार ६३ अंकले बढेको छ । सोमबार कुल बजार पुँजीकरण ३६ खर्ब ९६ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ रहेकोमा मंगलबार ८९ अर्बले बढेर ३७ खर्ब ८५ अर्ब ५९ करोड २१ लाख रुपैयाँ पुगेको छ । यस दिन नेप्से ६३.०१ अंकले बढेर २६७९.९५ अंकमा पुगेको छ ।

नबिल बैंकको पुँजीकरण सबैभन्दा धेरै दुई खर्ब पाँच अर्ब रुपैयाँ पुगेको छ भने दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको एक खर्ब ९७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । नेपाल पुनर्बिमा कम्पनीको एक खर्ब ३३ अर्ब ९७ करोड, नेपाल लाइफको एक खर्ब ११ अर्ब २३ करोड र नागरिक लगानी कोषको एक खर्ब आठ करोड ८९ करोड बराबरको पुँजीकरण रहेको छ । विकास बैंक, फाइनान्स, बैंकिङ क्षेत्रको सेयर मूल्य धेरैले बढेको छ ।