नेपाली चलचित्र कठपुतलीको सुखद् व्यापार।

काठमाडौं:= गत शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको नयाँ नेपाली हरर चलचित्र ‘कठपुतली’ले सुखद् व्यापार गरेको छ । चलचित्रले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टिप्लेक्सहरूमा सयभन्दा बढी शो पाएको छ । हलिउड चलचित्र ‘स्पाइडर म्यान’ र दक्षिण भारतीय चलचित्र ‘पुष्पा’को आक्रामक व्यापारको बाबजुद मल्टिप्लेक्स हलहरूले राम्रो शोहरू दिएका छन् ।

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शुक्रबारका लागि देशभरका स्टेशनमा १४ शोज दिएको छ । बिग मुभिज, क्युज सिनेमाज्, विएसआर मुभिज, वान सिनेमाज्, एफक्युब, सिडिसी सिनेमाज्, आइएनआई सिनेमाज्, कीर्तिपुर सिनेप्लेसलगायत मल्टिप्लेक्समा पनि फिल्मले राम्रो शो पाएको छ ।

मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइरालालगायतको मुख्य भूमिका रहेको चलचित्रमा भीमसेन लामाको निर्देशन छ । पृथ्वी रानामगरले निर्माण गरेको चलचित्रको सहनिर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा हुनुहुन्छ ।