काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान) ले आगमी फेब्रुवरी तेस्रो साता ओमानमा हुने आइसीसी टी-२० विश्वकप ग्लोबल छनोट ए क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक ३० सदस्यीय टोली घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक पुबुदु दसानायिकेसहित क्यानको खेलाडी छनोट समितिले ३० सदस्य टोली घोषणा गरेको हो । पहिलोपटक सन्दीप लामिछानेको कप्तानीमा घोषणा गरेको टोलीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम र सन्दीप जोरा हुनुहुन्छ ।
यस्तै टोलीका अन्य सदस्यमा अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेश पुलामीमगर, किशोर महतो, सागर ढकाल र हरिशंकर शाह हुनुहुन्छ । घोषणा टोलीमा भीम सार्की, शरद भेषावकर, प्रदीप ऐरी, सौरभ खनाल, राजेश पुलामीमगर लगायत खेलाडीले पुनरागमन गर्नुभएको हो । नेपाली टोलीको बन्द प्रशिक्षण शनिबारदेखि सुरु हुनेछ ।
टी २० विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’को खेल सन् २०२२ फेब्रुवरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ‘ए’मा नेपालसँगै आयरल्याण्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टी २० विश्वकपमा स्थान पक्का गर्नेछन् ।




















