लन्डन:= गोपनियता उल्लंघन गरेको आरोपमा दोषी प्रमाणित भएपछि दुई बेलायती अखबार द मेल र मेल अनलाइनले राजकुमारी मेगन मर्केललाई १.७ मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । केही वर्षदेखि अदालतमा चल्दै आएको मुद्दालाई मेगनले जित्नुभएको हो ।
ती दुई अखबारले लामो आलेख लेख्दै माफीसमेत मागेका छन् । सन् २०१९ मा मेगनको प्राइभेसी भंग गरेको भन्दै ती अखबारविरुद्ध मुद्दा दायर गरिएको थियो । सन् २०१८ मा बिहेपछि प्रिन्स हृयारी र मेगनले उहाँका बुवा थोमस मर्केललाई लेखेको पाँच पृष्ठको पत्रलाई ती अखबारले प्रकाशन गरेका थिए । ती अखबारले फ्रन्टफेजको सूचनामा कपिराइट उल्लंघनको कानुनी मामला जितेको उल्लेख छ ।
ल्ण्डन उच्च अदालतले आइतबार गरेको फैसलामा ती दुई अखबारलाई जरिवानाको सजाय सुनाउँदै माफी माग्नसमेत भनेको थियो । साथै अदालतले उनीहरूको कानुनी जिम्मेबारीसमेत सचेत गराएको छ । साथै, ती अखबारहरूले क्षतिपूर्तिबाहेक मेगनले प्रकाशकसँग मुद्दा लड्न चाहिएको कानुनी शूल्कको ९० प्रतिशत शुल्क तिर्नसमेत भनेको छ ।




















