सुर्खेतको वीरेन्द्रचोकमा राजा वीरेन्द्रको सालिक पुनः राखियो।

सुर्खेत:= झण्डै १६ वर्षपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्रचौकमा स्व. राजा वीरेन्द्रको  सालिक राखिएको छ । लामो समयदेखि एक पक्षले राख्नु पर्ने र अर्काे पक्षले राख्न नहुने विवादकै कारण शालिक स्थापना गर्न सकिएको थिएन् । तर स्वतन्त्र सुर्खेतीबासी जनता समूहले राजा वीरेन्द्रको शालिका राखेका हुन् । स्व. राजा वीरेन्द्रको जन्मजयन्तीको अवसर पारेर उक्त  सालिक राखिएको छ ।

यो समूहको अगुवाइ गोरक्ष पिठादिस योगी बलभद्रले गरेका हुन् । बलभद्रकै अगुवाइ युवाहरूको समूहले वीरेन्द्रचौकमा शालिका राखेको हो ।  राजतन्त्र विरूद्ध भएको २०६२–६३ सालको जनआन्दोलनका क्रममा माओवादीका कार्यकर्ताहरुले राजा वीरेन्द्रनको शालिक तोडफोड गरि फालेका थिए ।

वीरेन्द्रचोकमा राजाको शालिक नभएपछि नाममात्र वीरेन्द्रचोक थियो । राजाको  सालिक राखेपछि साँच्चिकै वीरेन्द्रचोक जस्तो भएको स्थानीय धनबहादुर थापाले बताउनु भयो । पुराना इतिहास, सम्पदा र संस्कृतिको जगेर्ना गर्नुको साटो विभिन्न उछृङ्खल कार्य गर्नेहरुले सभ्यतालाई मास्न खोजेका छन् थापाले भन्नुभयो। राजाको शालिक राख्दैमा बिहान बेलुका पूजा गर्नुपर्छ भन्ने होइन तर हाम्रो सभ्यता के थियो इतिहास के थियो भन्ने कुराको ज्ञात त हुन्छ नि उहाँले भन्नुभयो ।