हिमपातका कारण बझाङमा संचारमाध्यम र टेलिफोन सेवा अबरुद्ध।

[ सत्यराज सिंह ] 

बझाङ:= हिमपातका कारण बझाङ जिल्लाको टेलिफोन सेवा आंशिक रुपमा प्रभावित भएको छ । सौर्य उर्जामा निर्भर बझाङका टेलिकम टावरमा सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको छ । शनिबार देखि नै बेला बेलामा नेटर्वकले काम नगर्ने समस्या देखिएको बुङल नगरपालिका वडा नं १० देउलीकोटका मोहन बोहराले बताउनुभयो ।

घाम नलाग्दा पहाडि जिल्लाका एफ एफ रेडियोको प्रसारण सेवा पनि प्रभावित भएको छ । रिले स्टेशनमा बिधुत सेवा नहुदा सौर्य उर्जाका भरमा प्रसारण भईरहेका एफ एफहरुको रिले स्टेशनमा हिमपात हुँदा प्रसारण सेवा प्रभावित भएको छ । तीन दिन देखि राम्ररी घाम नलागेको र सोलारका ब्याट्री चार्ज नहुदा सेवा प्रभावित भयको जयपृथ्वी एफ एम बझाङका अध्यक्ष प्रताप ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तीन दिन देखि रिले स्टेशनमा राम्ररी घाम लाग्न पाएको छैन । घाम नलाग्दा ब्याट्री चार्ज हुन सकेको छैन । रिले स्टेशनमै भारी हिमपात भयको छ । सौर्य उर्जा बाहेक अन्य विकल्प नहुँदा रेडियोको प्रसारण सेवा छोट्याईएको छ ।’ दैनिक १८ घण्टाको प्रसारण हुने गरेकोमा अहिले दिउँसो रेडियो बन्द गरेर विहान ५ घण्टा र साँझ ५ घण्टा मात्र प्रसारण गर्ने गरेको उहाँको भनाई छ ।