पूर्वमिस नेपाल तथा मोडल उषा अब आमाको प्रस्तोता।

काठमाडौं:= पूर्वमिस नेपाल तथा मोडल उषा खड्गीलाई अब टेलिभिजन कार्यक्रम प्रस्तोताको रूपमा देख्न पाइने भएको छ । न्यूज २४ टेलिभिजनमा प्रस्तुत हुने साप्ताहिक कार्यक्रम ‘आमा’को सिजन चारमा उहाँ होस्टका रूपमा देखिन लाग्नुभएको हो ।

कार्यक्रमले आमाको आशिर्वाद र प्रेरणाको भूमिका देखाउनेछ । नेपाली समाजमा त्यस्ता सन्तान जन्मिएका छन् । जो मुलुक र समाजका लागि वास्तवमै गौरव गर्न लायक छन् । जसले नेपालको शीर र नामलाई अन्तर्राष्ट्रिय मञ्च र समुदायमा अझ उच्च पारेका छन् । तर, ती र त्यस्ता सन्तानलाई जन्म दिने आमा सदैव ओझेलमा छन् । सन्तानको खुशीमा रमाउँदै गुमनाम छन् । कार्यक्रममा तिनै गुमनाम आमाहरूका त्याग, बलिदान, प्रेरणा र संघर्षलाई कार्यक्रममा प्रस्तुत गरिने खड्गीको भनाइ छ ।

कार्यक्रमको पहिलो सिजनाको प्रस्तोता सविना कुवँर हुनुहुन्थ्यो । त्यस्तै सिजन दुई अभिनेत्री गौरी मल्ल र सिजन तीनमा अभिनेत्री सरिता लामिछाने प्रस्तोता हुनुहुन्थ्यो । म्युजिक भिडियो तथा विज्ञापन फिल्ममा बाक्लै देखिने उषाले फिल्म भने अहिलेसम्म अभिनय गर्नुभएको छैन ।