कोल्हबीमा साँकृतिक माघि महोत्सव आयोजना गर्ने थाकस बारा जिल्ला समितीको निर्णय।

[ नविन चौधरी ] 

कोल्हबी := बारा जिल्लाको कोल्हबी नगर पालिका वडा नम्बर १ मा थारु समुदायको नयाँ बर्ष माघीको अवसरमा “साँकृतिक माघि महोत्सव” आयोजना गर्ने थारु कल्याणकारिणी सभा बाराले निर्णय गरेको छ । थाकस जिल्ला कार्य समिति बाराले पुष १० गते शनिबारको दिन बसेको बैठकले सो निर्णय गरेको हो ।

उक्त बैठकले यहि पुष महिनाको ३० गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । भने माघ १ गते सो महोत्सवको उद्घाटन गरी ३ गते समापन गर्ने निर्णय गरेका छन् । महोत्सवमा माघ १ गते उद्घाटन गरी शुभकामना मन्तब्य र साँस्कृतिक झलक देखाइने कार्यक्रम रहेको छ ।

त्यस्तै २ र ३ गते पनि शुभकामना मन्तब्य तथा साँस्कृतिक झलकहरुका साथ साथै थारु नाच, पहिरन, भेषभुसा तथा बिभिन्न खानाका परिकारहरु प्रदर्शन गर्ने थाकस जिल्ला कार्य समिति बाराका सभापती राम प्रसाद चौधरीले जानकारी दिनु भयो ।

थाकस जिल्ला कार्य समिति बाराको बैठकमा थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य गिरधारी चौधरी, जिल्ला कार्य समितिका यादव कृष्ण चौधरी, रविन्द्र पनुहर, सुरेश चौधरी, राजकुमार चौधरी, जगदेव चौधरी, बिरेन्द्र चौधरी, संजय कुमार चौधरी, भुवन चौधरी, रामनाथ चौधरी, रामबाबु चौधरी, जय प्रकाश चौधरी, त्रियागी चौधरी, हितलाल चौधरी, मुक्ति चौधरी र दिपलाल चौधरी , राजकुमार (राजु) चौधरी लगायत थारु अगुवा, बुद्धिजिवी तथा भद्र भलाद्मीहरुको उपस्थिती रहेको कोल्हबीका थारु युवा समिर चौधरीले जानकारी दिनुभयो ।