फिफाको नयाँ वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली जहाँको त्यही यथावत।

काठमाडौं:= विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को नयाँ वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली जहाँको त्यहीँ यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमै यथावत रहेको हो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा पनि तेस्रो स्थानमा यथावत रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स छन् । भारत १०४औँ स्थानमा तथा माल्दिभ्स १५७औँ स्थानमा रहेका छन् । नेपालभन्दा पछि भुटान (१८५), बंगलादेश (१८६), पाकिस्तान (१९८) र श्रीलंका (२०४)औँ स्थानमा छन् । एसियाको वरीयतामा इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र कतार शीर्ष पाँचमा रहेका छन् ।

नयाँ वरीयतामा बेल्जियम पनि शीर्षस्थानमा यथावत रहेको छ । बेल्जियम लगातार चौथो वर्ष शीर्ष स्थानमा रहन सफल भएको हो । यस्तै, ब्राजिल दोस्रो तथा फ्रान्स तेस्रो स्थानमा रहँदा इंल्याण्ड चौथो स्थानमा छ । पाँचौँमा अर्जेन्टिना आउँदा इटाली छैटौँ स्थानमा छ । स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्याण्ड्स क्रमशः छैटौंदेखि शीर्ष १० यथावत रहेका छन् ।