[ राम अवतार चाैधरी ]
कपिलवस्तु:= सहज बचत तथा ऋण सहकारी संस्थाको १४औँ बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । जिल्लाकाे शिवराज नगरपालिका-५, चन्द्राैटामा शुक्रबार सहकारीको साधारणसभा सम्पन्न भएकाे हाे ।
लुम्बिनी प्रदेश शभा सदस्य अर्जुन कुमार के.सी.ले सभालाई सम्बाेधन गर्दै सहकारी भनेको सहकार्य मार्फत अगाडि बढ्ने थलो भएको बताउँदै सहकारीले सामाजिक भावनाको विकासमा जोड दिनुपर्ने बताए । छरिएको पुजिलाई एकत्रित गरि विपन्न समुदायका नागरिकको आर्थिक स्तर उकास्न बचत तथा रिण सहकारी संस्थाको भुमिका महत्वपुर्ण रहेको कुरामा जोड दिए । समुदायमा छरिएर रहेका मानिसलाई एक्यवद्धता गराउँदै सामुहिक लगानिमा सहकारी संस्थाले जोड दिनुपर्ने जनाए ।

सहकारीमा पुरुषको तुलनामा महिला शेयर सदस्यको संख्या धेरै भएको उल्लेख गर्दै यो राम्रो कुरा भएको र महिलाले आफ्ना बालबालिका कस्तो बाटोमा हिडिरहेका छन् भन्ने कुरामा ध्यान दिँदै सभ्य समाज निमार्ण गर्नुपर्ने उनले जनाए । सदस्य के.सी.ले सुखि नेपाली र समृद्ध नेपालको लक्ष्यपुरा गर्न सहकारी संस्थाहरु गतिलो माध्यम भएको हुँदा सहकारीले गरिब र विपन्न वर्गलाई लगानी गर्ने र जिवन स्तर उकास्नमा मद्दत गर्ने कुरा उल्लेख गरे ।

उक्त कार्यक्रममा सहकारीका अध्यक्ष लिलामणी पौडेलले सहकारीले गर्दा आफै मालिक बन्ने अवसर प्रदान गरेको जनाउँदै बचत गरेको रकमलाई सहि प्रयोग गरी उत्पादनमुखी हुनुपर्ने बताए । लागानी अनुरुपको उदाहरण सँगै महत्त्वपूर्ण कार्य योजनाका साथ सहकारी अगाडि बढ्ने अध्यक्ष पाैडलले बताए।
चालू आर्थिक बर्ष ४ कराेड ५३ लाख रकम बराबरको काराेबार भएकाे सहकारीको प्रतिबेदनमा उल्लेख गरिएको छ । साथै आगामी आर्थिक बर्ष सम्म ५ कराेडकाे काराेबार गर्ने याेजना रहेकाे सहकारीको व्यवस्थापक कल्लु थारुले जानकारी दिए ।





















