होन्डुरसमा पहिलो महिला राष्ट्रपति निर्वाचित।

तेगुसिगला:= होन्डुरसमा नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको छ । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको जनाएको हो । उहाँ होन्डेरसको पहिलो महिला राष्ट्रपति हुनुहुनेछ ।

होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो । उहाँको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरिएको छ । उहाँले १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त गर्नुभएको थियो ।

उहाँ होन्डुरसका पूर्वराष्ट्रपति म्यानुअल जिलयाको श्रीमती हुनुहुन्छ । क्यास्ट्रोका श्रीमान् म्यानुएल जिलायलाई सन् २००९ मा सेनाको सहयोगमा ‘कू’ गरिएको थियो । उहाँका समर्थकले ६२ वर्षीया क्यास्टो विजयी भएको भन्दै खुशीयाली मनाएका छन् ।