मलेसियाको साहआलममा बाढी आएको बेला पसलमा लुटपाट गर्ने ९ नेपालीसहित विदेशी नागरिक पकाउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा पछिल्लो केहि दिनदेखि लगातार परेको बर्षाको पानीको बहाव अत्याधिक भएर थुप्रै ठाउँहरु बाढीको चपेटामा परि डुबानमा परेको छ।

बाढीको डुबानमा परेको ठाउँ मध्य एक हुन मलेसियाको साहआलम भन्ने ठाउँ । साहआलमको तमन श्रिमुडा भन्ने ठाउँमा पनि अत्याधिक बर्षाले त्यस वरिपरिका प्रायःजसो सबै घरवार , परिवार पानीको डुबानमा परेको थियो। डुबानको अवसर पारेर त्यस् ठाउँमा बस्ने मानिसहरुले वरिपरि भएका माईडिन,पासार राया लगायतका स्टोर पसलहरुमा लुटपाट मचाएर पसलभित्रका समानहरु लुटेर लगे।

डुबानकै बेला पसलमा तोडफोड गरि लुटपाटमा संलग्न रहेको आरोपमा ३१ जना विदेशी नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको छ। साहआलम जिल्लाको प्रहरी प्रमुख एसिपी बाहरुद्दिन म्याट ताईबले सोमबार (डिसेम्बर २०) को दिन सञ्चारकर्मीसंगको कुराकानीको क्रममा तमन् श्री मुडाको एक सुविधा स्टोरमा तोडफोड गरेपछि ३१ जनालाई पक्राउ गरिएको बताउनुभएको छ।

पक्राउ पर्ने ३१ जना विदेशी नागरिकहरुमा १० जना इन्डोनेसियाली, ७ जना बंगलादेशी, ९ नेपाली र ५ जना म्यानमारका नागरिक रहेको र पक्राउ परेकालाई दण्ड संहिताको दफा ४५७ अन्तर्गत अनुसन्धान गरिरहेको र थप कारवाहीको लागी प्रक्रिया अगाडि बढाइएको एसिपी बाहरुद्दिनले बताउनुभयो।

photo :  REUTERS/Ebrahim Harris

जिल्ला प्रहरी कार्यालय शाहआलमले बाढी प्रभावित स्थानमा अपराध नियन्त्रणका लागि पहल गरेको बाहरुद्दिनले सर्वसाधारणलाई कुनै किसिमको कानुन उल्लंघन नगर्न आग्रह समेत गर्नुभएको छ।

बाढीको समयमा हुने अपराध नियन्त्रण गर्नको लागी सेक्सन २५ को तमन श्री मुडा र सेक्सन ३३ को तमन केमुनिङ उतामामा प्रहरी नियन्त्रण चौकी स्थापना गरिएको उहाँले बताउनुभयो। SOURCE : BERNAMA