काठमाडौं:= अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले वानेश्वरमा शाखा विस्तार गरेको छ । आइप्लेक्स मलमा खोलिएको आउटलेटमा विभिन्न चिकेन परिकार हट एन्ड क्रिप्सी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्सलगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिने बताइएको छ ।
केएफसी रेस्टुराँ देवयानी इन्टरनेसनल नेपाल प्रालिले सञ्चालनमा ल्याएको हो । केएफसीले विभिन्न स्वादिष्ट परिकार उपलब्ध गराउँदै कोरोना रोकथामका लागि विश्वस्तरीय सुरक्षा मापदण्डसमेत अवलम्बन गरिएको जनाएको छ ।
केएफसी रेष्टुराँ १७ सय १४ वर्गफिट क्षेत्रफलमा रहेकाले एकपटकमा ४५ जना ग्राहकले सेवा लिन सक्ने बताइएको छ । भोजडिल, फुड बस्टर र फुडमाण्डूमार्फत् होम डेलिभरी सेवासमेत रहेको केएफसीले जनाएको छ ।




















