शर्माले नेपाली कांग्रेसको प्रवक्ता पद छाड्ने।

काठमाडौं:= नेपाली कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा नरहने घोषणा गर्नु भएको छ । सञ्चारकर्मीसँग आज कुरा गर्दै शर्माले कांग्रेसको नयाँ जिम्मेवारीमा रहेकाले प्रवक्तामा नरहने बताउनु भएको हो ।

शर्मा कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचितभएपछि आफू कांग्रेसको बारे जानकारी दिन भने सधै तयार रहेको बताउनु भयो  ।