काठमाडौं := यस वर्ष आयोजना हुनगइरहेको ‘मिस तामाङ २०२२’को अडिसन सुरु भएको छ अडिशन शनिबारबाट सुरु भएको आयोजक मम्स् इन्टरनेसनल नेपालले जनायो । काठमाडौंको दरबारमार्गस्थित लिक्वर लाउन्जमा शनिबार २७ जना तामाङ युवतीहरू अडिशनमा सहभागी भए ।
मिस तामाङ २०१२ सुमी मोक्तान, मिस तामाङ २०२१ सफलता थिङ र मिस तामाङ २०१७ का फष्ट रनर अप नावाङ मोक्तान निर्णायकको भूमिकामा हुनुहुन्थ्यो ।
तामाङ कला, संस्कृति, भेषभूषा, भाषा, संस्कृतिलाई संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिस तामाङ हरेक वर्ष आयोजना हुँदै आएको छ । २००६ बाट सुरु भएको मिस तामाङको १४औं संस्करण माघ २२ गते काठमाडौं प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजक संस्थाकी अध्यक्ष रञ्जिता ब्लोन लामाले बताउनुभयो ।




















