मलेसियामा समुन्द्रमा डुङ्गा दुर्घटना हुँदा ११ जना इन्डोनेसियालीको मृत्यु, २७ जना बेपत्ता।

एजेन्सी (क्वालालम्पुर):= मलेसियामा दक्षिणी क्षेत्र जोहोर राज्यमा मानिसहरु सवार डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। घटनामा परेका अन्य २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

जानकारी अनुसार रोजगारीको लागी समुन्द्री अवैध बाटोबाट ६० जना इन्डोनेसियाली नागरिकहरु मलेसिया प्रवेश गर्न लागेका मृत्यु भएका र बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाका नागरिक रहेका छन् । मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो ।

अचानक खराव मौसमका कारण दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा परि हराइरहेकाहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको छ । घटनामा परी मृत्यु भएका मध्ये ७ जना पुरुष र ४ जना महिला रहेका छन् । उद्धारकर्ताहरुले अरु २० पुरुष र दुई महिलालाई भने जिवितै उद्धार गरेका छन । साथै अन्य बेपत्ता भएकाहरु जिवितै भेटिने संभावना कम रहेको खोजी तथा उद्धार कार्यमा संलग्नहरुले बताएका छन् ।