काठमाडौं := कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावको मतगणनामा सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।
अहिलेसम्म १ हजार दुईसय मत गनिसक्दा देउवाले ५७२ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ४५५ र प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि केही मत प्राप्त गर्दै अगाडि बढिरहेका छ्न। कल्याण गुरुङको नाममा भने ३ मत मात्र प्राप्त भएको छ ।
मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको थियो ।
कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



















