जापानी कस्मेटिक सामग्रीको शोरुम,अभिनेत्री स्वस्तिमा खड्काले गरिन् उद्घाटन।

काठमाडौं:= जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेसोकुले स्किन केयर र सौन्दर्य सामग्री काठमाडौंमा पनि उपलब्ध गराउने भएका छन् । विगत एक सय ३६ वर्षदेखि जापानमा सौन्दर्य सामग्री उत्पादन गर्दै आएको मोमोतानी जुनतेन्कानको स्वामित्वमा रहेका यी दुवै ब्रान्डका उत्पादन नेपालमा पहिलोपटक भित्रिएका हुन् ।

महिलामा बढी देखा पर्ने डन्डिफोरलगायत अन्य समस्याका लागि यी उत्पादन प्रभावकारी रहेको कम्पनीको दाबी छ । जापानकी साम्राज्ञीले समेत सो ब्रान्डका उत्पादन प्रयोग गर्नुहुन्थ्यो । हाल मेसोकु र मोमोतानीका उत्पादन विश्वका २५ देशमा बिक्री भइरहेको कम्पनीको दाबी छ।

नेपालस्थित लाफिङ यति ट्रेडिङ प्रालिले उक्त उत्पादन नेपाली बजारमा ल्याएको होे । लाफिङ यतिले नयाँँ वानेश्वर र पुल्चोकमा जापानिज भेराइटी स्टोर खाइमोनो र सिभिल मलमा टच-मी जापान पनि सञ्चालन गर्दै आएको छ ।

सोही कम्पनीले नयाँ वानेश्वरमा किरेइ कस्मे जापानको नाममा पहिलो जापानिज कस्मेटिक र स्किन केयर शोरुम पनि उद्घाटन गरेको छ । अभिनेत्री स्वस्तिमा खड्काले शोरुम उद्घाटन गर्नुभएको हो । लाफिङ यति ट्रेडिङका प्रतिनिधि गौरव थापाले भन्नुभयो, ‘हाम्रा ग्राहकलगायत सबैबाट हालसम्म प्राप्त सहयोगप्रति हामी आभारी छौं ।’