आज मिति २०७८ साल मंसिर २३ गते बिहीबार, तदनुसार ९ डिसेम्बर २०२१ । मंसिर शुक्ल षष्ठी तिथि, धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, सूर्योदयः ६ः४४, सूर्यास्तः १७ः०७ ।
मेष : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।
वृष : हाँकेका ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।
मिथुन : एक्लोपन र निराशाले सताउनेछ ।
कर्कट : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ
सिंह : मन प्रफुल्ल रहनेछ र आत्मबल बढ्नेछ ।
कन्या : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।
तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।
वृश्चिक : बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ ।
धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कुम्भ : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
मीन : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।