पलेशालाई एसियन पारा गेम्समा स्वर्ण।

काठमाडौं:= नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले एसियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जित्नुभएको छ । बहराइनको मानमामा जारी एसिया युथ पारा गेम्सको ५७ केजीमुनि क्याटगोरीमा पलेशाले ऐतिहासिक स्वर्ण पदक जित्नुभएको हो ।

स्वर्ण जित्नेक्रममा उहाँले इरानकी इब्राहिमी रोजालाई ६–० ले हराउनुभएको थियो । प्रशिक्षक कविराज नेगीका अनुसारका सोही युथ पारा गेम्समा तेक्वान्दोकै सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कास्य पदक जित्नुभएको छ।

५२ केजीमुनि क्याटगोरीको फाइनलमा सिर्जना इरानकी गानबारिको मिसाइनीसँग १८-० ले पराजित हुनुभएको थियो । विशाल सेमिफाइनलमा पराजित हुनुभयो । ५८ केजीमुनि क्याटगोरीको सेमिफाइनलमा विशाल उज्वेकिस्तानका सोनजारोभ कुद्राटिलोसँग ३२-६ ले पराजित हुनुभएको थियो ।

प्रशिक्षक कविराज नेगीका अनुसार पलेशाले आफ्नो अनुभवसहित सम्हालिएर खेलेपछि सफलता प्राप्त गर्नुभएको हो । यो पारा खेलाडीको ठूलो सफलता भएको नेगीले बताउनुभयो ।