आज मिति २०७८ साल मंसिर २१ गते मंगलबार, तदनुसार ७ डिसेम्बर २०२१ । मंसिर शुक्ल तृतीया तिथि, पूर्वषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा, सूर्योदयः ६ः४३, सूर्यास्तः १७ः०७ ।
मेष : बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ।
वृष : जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ।
मिथुन : सामाजिक क्षेत्रमा सक्रियता बढे पनि खर्च गर्न मन हौसिने योग छ।
कर्कट : व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सचेत रहनुपर्छ।
सिंह : व्यावहारिक र व्यावसायिक चिन्तनका लागि उपयुक्त समय छ।
कन्या : मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ।
तुला : रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ।
वृश्चिक : सहकर्मी एवं सहयोगीहरू टाढिन सक्छन्।
धनु : बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन्।
मकर : अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंँदैन।
कुम्भ : आर्थिक समस्याले संकट उत्पन्न गर्नसक्छ।
मीन : डुबेको धन अप्रत्याशित ढंगले फिर्ता आउन सक्छ।




















