नेपालमा पनि २ जनामा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि।

काठमाडौँ:= नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित फेला  परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ जनामा संक्रमण देखिएको हो । ओमिक्रोन भेरियन्ट  फेला परेको देशबाट मंसिर ३ गते नेपाल भित्रिएका ६६ वर्षीय पुरुष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिदा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको थियो ।

तर, मंसिर ७ गते उनको नजिकका ७१ वर्षीय व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण जस्तै लक्षण देखिएपछि मंसिर ७ गते पीसीआर परीक्षण गरिएको थियो । सो क्रममा दुवै जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । सो नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो ।