रोनाल्डोको कीर्तिमानी गोलमा ३-२ गोल अन्तरको रोमाञ्चक जित।

एजेन्सी:= पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ ।

एक गोलले पछि परेको अवस्थामा युनाइटेडले घरेलु मैदानमा आर्सनलमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित आत्मसात गरेको हो ।आर्सनलविरुद्ध दुई गोल गरेपछि रोनाल्डोले आफ्नो व्यवसायिक खेल करिअरमा ८ सय गोलको आँकडा पार गरेका हुन् ।

जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा रहेको छ । पराजित आर्सनलले चौथो स्थानमा उक्लने अवसर खेर फाल्दा २३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।