[ बिबश रसाईली ]
दाङ := दाङको तुलसीपुरमा यहीँ मंसिर २३ गतेदेखी २९ गतेसम्म प्रादेशिक महोत्सव हुने भएको छ । चन्द्र सुर्य यातायात प्रालिले प्रथम प्रादेशिक फेस्टिबल नाम दिएर महोत्सव आयोजना गर्न लागेको हो ।
प्रालिले आज पत्रकार सम्मेलनगरी पर्यटन प्रवद्धनकालागि महोत्सव गर्न लागेको जानकारी दियो । महोसत्व मुल आयोजक कमिटीका संयोजक सम्भु रेग्मीले दाङको पर्यटन प्रवद्धनकालागि महोत्सव आयोजना गर्न लागेको बताउनुभयो ।
उहाँका अनुसार महोत्सव संचालनकालागि जिल्ला प्रशासन कार्यालय दाङले अनुमती समेत दिइसकेको छ । महोत्ससवमा व्यापारीका प्रयोजनकालागी बिभिन्न स्टल राखिने जनाएको छ । महोत्सव अवधीभर प्याराग्लाइडीङको मनोरञ्जनको व्यवस्था समेत गरिएको महोत्सवका प्रचारप्रसार संयोजक गणेश आचार्यले जानकारी दिनुभएको छ ।
आचार्यका अनुसार महोत्सवमा बद्री पंगेनी लगाएतका राष्ट्रिय तथा स्थानीय कलारले मनोरञ्जन दिने छन् । महोत्सव तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बरुवागाउँमा संचालन हुनेछ।

(अर्को महोत्सव )
तुलसीपुर चेम्बर अफ कमर्सले पुसको १ , गतेदेखि १२ गते सम्म महोत्सव ,२०७८ संचालन गर्ने भएको छ। सोमबार तुलसीपुर मा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव बारेमा जानकारी दिइएका छ। चेम्बर अफ कमर्सको भवन निर्माणको लागी महोत्सव संचालन गर्न लागेको अध्यक्ष टोप बहादुर घर्तीले जानकारी दिनु भएको छ।
महोत्सवको लागी स्थानीय जिल्ला प्रशासन कार्यालय दाङले अनुमति समेत दिइ सकेको चेम्बर अफ कमर्सका अध्यक्ष घर्तीले जानकारी दिनु भएको छ। भिजिट नेपाल २०२० मा सरकारले देशभरी महोत्सव लगाउने तयारी गरेको भएपनि कोरोना भाइरस का कारण सफल हुन नसकेको अध्यक्ष घर्तीले बताए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिने भएका छन। महोत्सव तुलसीपुर उपमहानगरपालिका ७ घोराही रोड मा संचालन हुने आयोजगले जानकारी दिइएको छ।




















