चितवन:= नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो पटक निर्वाचित हुनु भएको छ । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः पाँच वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले १८०८ मत ल्याएर अध्यक्ष निर्वाचित हुनु भएको हो । उहाँका प्रत्यासी भीमबहादुर रावलले २२३ मत ल्याउनु भयो ।
यसअघि ओली नवौं महाधिवेशनमा प्रत्यासी माधवकुमार नेपाललाई हराएर अध्यक्ष निर्वाचित हुनु भएको थियो। पहिलो कार्यकाल पार्टी अध्यक्ष हुँदा ओली दुई पटक प्रधानमन्त्रीसमेत भईसक्नु भएको छ ।




















