फुटबल स्टार लिओनल मेस्सीले सातौं पटक जिते बालोन डि’ओर अवार्ड।

एजेन्सी := प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले जितेका छन् । उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन् ।

३४ वर्षका मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन मदत गरेका थिए । उनले सिनियर टिमबाट देशका लागि जितको यो अन्तराष्टिय उपाधि समेत हो । साथै ४० यो वर्ष उनले ४० गोल समेत गरेका थिए ।

यो अवार्ड सन् २००८ देखि लगातार सम्म कि त मेस्सीले पाए कि क्रिष्टियानो रोनाल्डोले । २०१८ मा लुका मोडरिकले त्यो क्रमलाई भंग गरे । २०१९ मा मेस्सीले पाए भने २०२० मा कोरोना महामारीका कारण हुन सकेन । यो वर्ष फेरि मेस्सीले जितेका छन् ।

उनले सन् २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ र २०२१ गरी सात पटक यो अवार्ड पाएका हुन् । पेरिसमा आयोजित अवार्ड समारोहमा मेस्सीले भनेका छन्, दुई वर्ष पहिले नै यो अन्तिम होला जस्तो लागेको थियो । मानिसहरुले पनि कहिले सन्यास लिने भनेर सोध्न थालेका थिए । तर म अहिले पुनः यो  अवार्ड जित्न पाउँदा र यसपालि अर्जेन्टिनाको लागी उपाधी जित्न पाएकोमा पनि असाध्यै खुसी छु ।’

फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो।महिलातर्फको बालोन डीओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् भने जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले स्ट्राइकर अफ दि इयर हात पारे।