केपी शर्मा ओलीद्वारा एमाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता।

काठमाडौं:= केपी शर्मा ओलीले नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको छ । सहमतिका आधारमा अध्यक्ष चयन हुने योजना विफल भएपछि ओलीले सोमबार बिहान आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो ।

निर्वाचन कार्यक्रम बिहान ८ बजे सुरु भएपछि ओली आफू बसेको होटलबाट बन्दसत्रस्थल पुगेर उम्मेदवारी दिनु भएको थियो । यसअघि सोमबार बिहान नै अध्यक्ष पदमा नेता भीम रावलले आफ्नो उम्मेदवारी दर्ता गराइसक्नु भएको थियो । निर्वाचन कार्यक्रम सुरु भएपछि विभिन्न पदका आकांक्षीले अहिले उम्मेदवारी दर्ता गराइरहेका छन् । यससँगै अध्यक्षमा भीम रावल र ओलीबीच चुनाव हुने भएको छ।